राष्ट्रिय समाचार

मोरङ्गमा म्याजिक चप्पलको कारखानामा आगलागी ।।

Added: Friday 17th of March

परासी, ४ चैत्र । मोरङ्गको ट्रकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा आगलागी भएको छ । विहान ४ बजेतिरदेखि भइरहेको आगलागी नियन्त्रणको प्रयास भईरहेको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । विराटनगर इटहरी धरान, दमक राजविराज सिरहा इनरुवाका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

read more

कार्य्विधि पर्खाइमा कर्मचारी

Added: Friday 17th of March

काठमाण्डौ, ४ चैत्र । जिल्ला समन्वय समितिले तत्काललाई साविककै कर्मचारीबाट काम चलाउने गरी जिम्मेवारी तोकेको छ । तर, कार्य्विवरण प्रस्ट भइनसकेकाले काम अघि बढाउन समस्या परेको कर्मचारीको गुनासो छ । तत्काललाई गाउँपालिका कार्यालय स्थापना गर्ने जिम्मेवारी दिइएको छ, स्थानीय तह कसरी सञ्चालन गर्ने भन्नेबारे भने कुनै जानकारी छैन ।’ साविकका गाविस सचिवहरु भन्छन । गाउँपालिकाका कार्यकारी प्रमुख पनि साविक गाविसले गर्दै आएका नागरिकताको सिफारिस र व्यक्तिगत घटना दर्ताबाहेक के गर्ने भन्ने स्पष्ट निर्देशन नआएकाले सिफारिस दिने काम मात्र भइरहेको बताउँछन् ।‘अरू काम कसरी गर्ने भन्ने अन्योलमा छांै, माथिको निर्देशन पर्खिरहेका छौं ।’ कर्मचारीको भनाई छ ।

read more

एसईई परीक्षा आजदेखि, पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र । एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजदेखि सुरु भएको छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

read more

मोर्चाको समर्थन फिर्तासँगै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, ‘बोल्ड’ निर्णय गर्ने

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै संसद सचिवालयमा धमाधम पत्र बुझाउन थालेपछि तनावमा परेका प्रधानमन्त्री पुष्पकलम दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद बैठकमा मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछिको अवस्थाका विषयमा छलफल हुन सक्ने बुझिएको छ । स्रोतका अनुसार प्र

read more

वाणिज्य बैंकहरुले धमाधम दिन थाले ऋण, एक महिनामै १६ अर्ब प्रवाह

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र । राष्ट्रिय वाणिज्य बैंकहरुले निक्षेप रकम वृद्धि नभए पनि धमाधम कर्जा जारी गरिररहेका छन् । राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतबाट फाइदा उठाउँदै बैंकहरुले एक महिनामै करिब १६ अर्बको ऋण प्रवाह गरेका छन् । राष्ट्र बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी) गणनामा नीतिगत सहुलियत दिएपछि वाणिज्य बैंकहरुले एक महिनामै यति धेरै ऋण प्रवाह गरेका हुन् । तर, यसरी जारी भएको कर्जाको न्यूनतम ब्याजदर भने १५ प्रतिशत हाराहारीमा रहेको छ ।

read more

मोर्चाले सभामुखलाई आज समर्थन फिर्ताको पत्र बुझाउने

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरूले सरकारलाई दिएको समर्थन फिर्तासम्बनधी पत्र सभामुखलाई दिने भएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा मधेसी मोर्चामा आवद्ध दलहरूले बिहान एघार बजे समर्थन फिर्तासमबन्धी पत्र बुझाउन लागिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । सरकारले परिमार्जनसहित संविधान संशोधनको विधेयक अगाडि नबढाएको तथा सप्तरीमा पाँच जनाको ज्यानजाने गरी घटना गराएको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय बुधबार राति गरेको थियो । मोर्चाको यो निर्णयसँ

read more

दोस्रो नदी शिखर सम्मेलन आजदेखि

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र । दोस्रो नदी शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । नदीसँग सरोकार राख्ने सरकारी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षणका लागि बृहत छलफल गर्न नदी शिखर सम्मेलन गरिएको हो । यही चैत ६ गतेसम्म चल्ने सम्मेलनबाट नदी व्यवस्थापको काम गर्न, पारिस्थितिक प्रणालीको पुनर्उद्धार, जैविक विविधता संरक्षण तथा पुनर्उत्थानको लागि रणनीति एवं ढाँचा तर्जुमा गर्न सहयोग पुग्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।

read more

सप्तरीका एलडिओसँग स्पष्टीकरण माग

Added: Thursday 16th of March

काठमाण्डौँ, ३ चैत्र । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय निर्णयबाट) बुधबार पोखरेलसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले बताउनुभयो ।

read more

नेपालको संविधान (दोस्रो संशोधन) माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Added: Friday 24th of February

काठमाण्डौँ, फागुन १३ । नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका–संसद्को बहुमतले आज स्वीकृत गरेको छ । सरकारले गएको मङ्सिर १४ गते प्रस्ताव संसद्मा दर्ता गरेको थियो भने पुस २४ गते होहल्ला र विरोधका बीच व्यवस्थापिका–संसद् बैठकमा पेस गरेको थियो । विपक्षी दल नेकपा एमालेलगायतले संशोधनका विपक्षमा संसद्मा निरन्तर अवरोध गरेकाले त्यसयता त्यसमाथि छलफल हुन सकेको थिएन । संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । सभामुख ओनसरी घर्तीले संशोधनमाथि संशोधन दर्ता गराउन चाहनेका लागि समय तोकिएको सदनमा जानकारी दिनुभयो । यसअघि प्रमुख विपक्षी दल एमालेसहित नौदलीय मोर्चाले बिहीबारको बैठकमा ‘मौन विरोध’ गर्ने घोषणा गरेपछि संशोधनका सैद्धान्तिक पक्षमा छलफल सुरु भएको थियो । नेपाल मजदुर किसान पार्टीका तीन सांसदको विरोधका बीच सुरु भएको छलफलमा भाग लिँदै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले संशोधन प्रस्ताव जनहितका खातिर पारित गर्नैपर्ने बताउनुभयो ।

read more

मधेसी नागरिकलाई अविश्वास गर्नु हुँदैन ः देउवा

Added: Friday 24th of February

काठमाण्डौँ, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी नागरिकलाई अविश्वास गर्न नहुने बताउनुभएको छ । झापा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले मधेसी नागरिकको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गरेर मधेसी नागरिकले राखेको माग पूरा गर्ने बताउँदै यसका लागि नेकपा एमालेको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । आगामी माघ ७ गतेभित्र तीन तहकै चुनाव गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वा्चित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा जोड दिनुभयो ।

read more