राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्यालयबाटै संविधान उल्लंघन

Added: Sunday 26th of March

परासी, १३ चैत्र । विगत १६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेस भएको छैन । प्रत्येक वर्ष आयोगको वार्षिक प्रतिवेदन सरकारले संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मानवअधिकार आयोग संवैधानिक अंग भएकाले उसले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने र सो प्रतिवेदन प्रधानमन्त्रीले संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ, तर, आयोग स्थापनादेखि नै संसद्मा प्रतिवेदन पेस हुन नसकेको आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन् । ०६४ सालदेखि संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आयोगको प्रतिवेदन संसद्मा प्रस्तुत गर्न माग गर्दै आएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष सुशीलकुमार श्रेष्ठले बताए ।

read more

युएईबाट घर जान झोला बोकेर दूतावास पुगेका १७ नेपाली काममा फर्किए

Added: Sunday 26th of March

परासी, १३ चैत्र । युएईको आबुधावीमा रहेको नेपाली दूतावासको शरणमा पुगेका १७ जना नेपाली कामदार aकम्पनीमा फर्किएका छन । दूतावासको समन्वयमा १० दिन भित्रमा कम्पनीले कामदारको समस्या समाधान गर्ने प्रतिबद्दता जनाएपछि उनीहरु काममा फर्किएका हुन् । कम्पनीको आबुधाबीमा रहेको क्याम्पमा फर्किएका उनीहरुलाई कम्पनिले काममा लगाएको छ । कम्पनीले पुरानै स्थानमा काम गर्न इच्छुकलाई पुरानै ठाउँमा र

read more

पत्नी र छोरासहित प्रधानमन्त्री दाहाल आज चीन जाने

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना उच्च पदाधिकारी रहने छन् ।प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा बोआओ मञ्चको सम्मेलनमा भाग लिन जान लागेका हुन् । बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन् ।

read more

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार आउँदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नै शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । उपप्रधानमन्त्री एवम् गृह

read more

एमालेको स्थायी समिति बैठक बालकोटमा, समग्र विषयमा छलफल हुने

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक बस्ने भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकमा मुलुककोपछिल्लो राजनीतिक अवस्थामा छलफल हुने जनाइएको छ । कांग्रेस, माओवादी र मधेसी मोर्चासँग भएका छलफल र त्यसमा आएका प्रस्तावहरूमा एमालेले धारणा बनाउनेछ ।

read more

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अचानक स्थगित

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तयारी नपुगेको भन्दै अचानक स्थगित भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, विभाग तथा केन्द्रीय सदस्य र पदाधिकारी नियुक्ति, दलहरूबीच भएका सम्वाद, संविधान संशोधन, स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने जनाइएको थियो । अब कांग्रेसको बैठक चैतको १३ गते बस्नेछ । केन्द्रीय कार्यसमिति बैठक बोलाउनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दबाब दिँदै आएको थियो । पौडेल समूहको दबाबपछि देउवाले बैठक बोलाए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको स्रोतको भनाइ छ ।

read more

मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडानको तयारी

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । दुई वर्ष्भित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने तीनवटा मौसमी राडार जडान गर्ने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । राडार जडानपछि नेपालको पूरै आकाश स्क्यानिङ हुनछ यसले सामान्य किसिमको बादल तथा चट्याङको अवस्थाका बारेमा पनि जानकारी दिन सकिनेछ । राडार जडानपछि हावाको वेग, आकाशको तापक्रम, कुन ठाउँमा कति पानी र असिना पर्छ भन्ने थाहा पाइनेछ । यस्तै ८८ वटा ठाउँमा स्वचालित मौस

read more

आज विश्व मौसम दिवस, नेपालमा पनि मनाइँदै

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो ।जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । र यसले वातावरण र मौसम नकरात्म प्रभाव पार्दै गएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

read more

नारायणगढ मुग्लिन सडकखण्ड अब दैनिक ६ घण्टा बन्द हुने ।

Added: Tuesday 21st of March

काठ्माडौँ चैत्र ८ । नारायणगढ मुग्लिन सडकखण्ड अबदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । दिनहुँ साँढे ४ घण्टा बन्द हुँदै आएको सडक यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक ६ घण्टा बन्

read more

प्रस्तावित राजदूतको सुनुवाइ आज पनि ।।

Added: Tuesday 21st of March

काठमाडौं चैत्र ८ । संसदको सुनुवाइ बिशेष समितिले बिभिन्न मुलुकका लागि प्रस्तावित थप राजदूतको सुनुवाइ आज गर्दैछ । हिजो पहिलो दिन अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पासँग सोधपुछ गरेको समितिले

read more