राष्ट्रिय समाचार

स्थानीय तह चुनावका लागि ६६ जिल्लामा मतदान स्थलको टुंगो लाग्यो

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र ।स्थानीय तह चुनावका लागि ६६ जिल्लामा मतदान स्थलको टुंगो लागेको छ । बाँकी ९ जिल्लाको टुंगो पनि छिटै लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले गएaको १० गतेसम्म सबै जिल्लाको मतदान केन्द्रको टुंगो लगाउने बताएपनि केही जिल्लामा दलहरुबिच सहमति हुन नसक्दा ढिलाई भएको हो । प्रदेश नम्बर २ का ६ जिल्ला तथा धादिङ, डोल्पा र बाजुराबाट मतदानस्थल तय हुन बाँकी छ । प्रदेश नम्बर २ का बारा र पर्सामा भने मतदान स्थलको टुंगो लागिसकेको आयोगले जनाएको छ । बाँकी जिल्लाको पनि केही दिनमै टुंगो लाग्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

read more

विसं २०९९ मा नेपाल कस्तो होला ? ओलीले बोलाए विद्धत सभा

Added: Monday 27th of March

काठमाण्डौ, १४ चैत्र । यस शताव्दीको अन्त अर्थात विक्रम संवत २०९९ सालसम्म नेपाल कस्तो होला ? एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्धत सभा मार्फत यसको जवाफ खोज्ने भएका छन् । आफ्ना आलोचक लेखक बुद्धीजीवीहरुलाई ‘इन्भर्टेड कमावाला बुद्धीजीवी’ र ‘फर सी बुद्धीजीवी’ इत्यादि संज्ञा दिँदै आएका ओलीले सोमवार होटल हिमालयमा बौद्धिक जमातलाई निम्त्याएका छन् ।

read more

सप्तरी घटनामा ज्यान गुमाएकाको सम्झनामा मोर्चाले आज सद्धाञ्जली सभा गर्दै

Added: Sunday 26th of March

परासी, १३ चैत्र । मधेस केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न लागिएको मोर्चाले जनाएको छ । राजविराजको गजेन्द्र ना

read more

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

Added: Sunday 26th of March

परासी, १३ चैत्र । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिए । उनका अनुसार गिरी

read more

मतदान केन्द्रको सुरक्षामा असई र सईको नेतृत्व

Added: Sunday 26th of March

परासी, १३ चैत्र ।सरकारले स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र सुरक्षार्थ नेपाल प्रहरीका जुनियर अधिकृतलाई जिम्मा दिने भएको छ । सामान्य, संवेदनशील तथा अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सर्ई) लाई दिन लागिएको हो तर, अतिसंवेदनशील क्षेत्र र महानगरपालिका तथा उपमहानगरपालिकाका मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी भने प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई दिइने भएको छ । इन्सपेक्टरले सुरक्षा कमान्ड सम्हालेको ठाउँमा मोबाइल कमान्डका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) खटिनेछन्, आजको राजधानीमा खबर छ ।

read more

प्रधानमन्त्री कार्यालयबाटै संविधान उल्लंघन

Added: Sunday 26th of March

परासी, १३ चैत्र । विगत १६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेस भएको छैन । प्रत्येक वर्ष आयोगको वार्षिक प्रतिवेदन सरकारले संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मानवअधिकार आयोग संवैधानिक अंग भएकाले उसले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने र सो प्रतिवेदन प्रधानमन्त्रीले संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ, तर, आयोग स्थापनादेखि नै संसद्मा प्रतिवेदन पेस हुन नसकेको आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन् । ०६४ सालदेखि संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आयोगको प्रतिवेदन संसद्मा प्रस्तुत गर्न माग गर्दै आएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष सुशीलकुमार श्रेष्ठले बताए ।

read more

युएईबाट घर जान झोला बोकेर दूतावास पुगेका १७ नेपाली काममा फर्किए

Added: Sunday 26th of March

परासी, १३ चैत्र । युएईको आबुधावीमा रहेको नेपाली दूतावासको शरणमा पुगेका १७ जना नेपाली कामदार aकम्पनीमा फर्किएका छन । दूतावासको समन्वयमा १० दिन भित्रमा कम्पनीले कामदारको समस्या समाधान गर्ने प्रतिबद्दता जनाएपछि उनीहरु काममा फर्किएका हुन् । कम्पनीको आबुधाबीमा रहेको क्याम्पमा फर्किएका उनीहरुलाई कम्पनिले काममा लगाएको छ । कम्पनीले पुरानै स्थानमा काम गर्न इच्छुकलाई पुरानै ठाउँमा र

read more

पत्नी र छोरासहित प्रधानमन्त्री दाहाल आज चीन जाने

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना उच्च पदाधिकारी रहने छन् ।प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा बोआओ मञ्चको सम्मेलनमा भाग लिन जान लागेका हुन् । बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन् ।

read more

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार आउँदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नै शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । उपप्रधानमन्त्री एवम् गृह

read more

एमालेको स्थायी समिति बैठक बालकोटमा, समग्र विषयमा छलफल हुने

Added: Thursday 23rd of March

काठमाण्डौ, १० चैत्र । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक बस्ने भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकमा मुलुककोपछिल्लो राजनीतिक अवस्थामा छलफल हुने जनाइएको छ । कांग्रेस, माओवादी र मधेसी मोर्चासँग भएका छलफल र त्यसमा आएका प्रस्तावहरूमा एमालेले धारणा बनाउनेछ ।

read more