स्थानीय समाचार

त्रिवेणीमा आँखा उपचार केन्द्र स्थापना ।

Added: Thursday 26th of January

रेडियो परासी, १३ माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीले नवलपरासीको त्रिवेणीमा आँखा उपचार केन्द्र स्थापना गरेको छ । अस्पतालको आयोजनामा बुधकार त्रिवेणिमा एक कार्यक्रम गरि उपचार केन्द्रको उद्घाटन पनि गरिएको छ । त्रिवेणि आँखा उपचार केन्द्रको नेपाली कांंग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभएको हो ।

read more

गण्डक नदी नियन्त्रणमा भईरहेको काम गुणस्तरहीन, प्रसासन मौन ।

Added: Tuesday 24th of January

श्याम थापा/रेडियो परासी, ११ माघ । नवलपरासी स्थीत गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको बताइएको छ । पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही गाबिसको ठोकर न.१६ मा महिना दिन देखी सो कार्य भैरहेको तर सो कामको नत भारत पक्षबाट नत नेपाल पक्ष बाट अनुगमन भएको स्थानियहरुले गुनासो गरेका छन । नदि नियन्त्रणका लागि भारतीय पक्षले गण्डक सम्झौता अनुरुप कार्य गर्नुपर्नेमा ,कति लगानी र के के गर्ने हो त्यसको बारे मा नेपाली पक्षलाई कुनै जानकारी नदिने गरेको गण्डक नदि नियन्त्रण सर्घष समितीका उपाध्यक्ष कृष्ण बाहादुर थापाले बताउनु भयो ।

read more

स्ववियु निर्वाचनमा फेरि पनि अखिल पहिलो हुन्छ ः नवलपरासी अध्यक्ष घिमिरे ।

Added: Tuesday 24th of January

मोहन पौडेल/रेडियो परासी, ११ माघ । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन नवलपरासीका अध्यक्ष शुसान्त शर्मा घिमिरेले स्ववियु निर्वाचनमा अनेरास्ववियुको जित हुने गरि लाग्न विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ । दिब्य ज्योती बहुमुखि कयाम्पस चिसापानीमा भएको आसन्न स्ववीयु निवार्चनको बारेमा बृहत क्षलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला अध्यक्ष घिमिरेले अनेरास्ववियु जहिले पनि स्ववियु निर्वाचनमा पहिलो हुदैँ आएको र यस पटक पनि त्यसलाई निरन्तरता दिन सवै विद्यार्थी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अनेरास्ववीयु

read more

कपिलवस्तुमा गोलीसहितको बन्दुक बरामद

Added: Tuesday 24th of January

कपिवलवस्तु, ११ माघ । कपिलवस्तुको शिवराज नगरपालिका रहटकोलमा चार थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने सात वटा गेली बरामद भएको छ । शिवपुर इलाका वन कार्यालयको वनरक्षकको टोलीले गोलीसहितको बन्दुक बरामद गरेको हो । सहायक वन अधिकृत रघुनाथ दासको नेतृत्व गएको वन रक्षकको टोलीले जन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएको बन्दुक बरामद गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख तथा उपसचिव मेघनाथ पाध्ययले बताए । गस्ती टोलीलाई देखेपछि वन तस्कारहरुले बन्दुक झाडीमा लुकाएर भागेका थिए ।गत जेठ १९ गते वन तस्कारीले चलाएको गोली लागेर कपिलवस्तु साझेदारी वनका वन संरक्षक जगन्नाथ थारु घाइते भएका थिए ।

read more

स्थानीय निकाय कर्मचारी संघ नवलपरासीमा नयाँ नेतृत्व ।

Added: Thursday 19th of January

मोहन पौडेल/रेडियो परासी, माघ ६ । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीको अध्यक्षमा यमकुमारी सुवेदी चयन हुनुभएको छ । संघको परासीमा भएको दोस्रो जिल्ला अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । गाविस, नगरपालिका तथा जिविसमा कार्यरत कर्मचारीहरुको संगठन स्थानीय निकाय कर्मचारी संघको नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा सन्जयकुमार शर्मा, सचिवमा टंकनाथ कुंवर, कोषाध्यक्षमा ललितनारायण चौधरी, सहसचिवमा मन्जु अर्याल, तथा सदस्यहरुमा विरेन्द्र चौधरी, लिला चौधरी, सृजना अर्याल, शम्भु शाहनी, विष्णु गिरी, पदम केसी रहनुभएको छ । यसअघि अधिवेशन उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले संघिय संरचनामा स्थानीय निकायका कर्मचारीलाई पनि निजामती कर्मचारी सरह व्यवस्थापन गरिनुपर्ने माग गरेका छन । प्रमुख अतिथिको रुपमा बोल्दै स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद सापकोटाले अहिले सरकारले स्थानीय निकायका कर्मचारीलाई व्यवस्थापन गर्ने काममा विभेद गरेकोले सवै कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।संघका निवर्तमान जिल्ला अध्यक्ष पुरुषोत्तम ढकालले संक्रमणकालिन अवस्थामा संघको केन्द्रीय महाधिवेशन पनि हुन लागेको यस विषयमा महाधिवेशनमा शस

read more

पृथ्वीचन्द्र अस्पताल द्धारा सामुदायिक रेडियो परासीलाई सम्मान ।

Added: Monday 16th of January

परासी, ३ माघ । अस्पतालको विकासमा सहयोग पुराएको भन्दै जिल्ला पृथ्वी चन्द्र अस्पताल विकास समितिले सामुदायिक रेडियो परासीलाई सम्मान गरेको छ । अस्पतालको अध्यक्ष रहँदा आफनो दुई वर्षको कार्यकालमा अस्पतालका गतिविधिलाई नागरिक सम्म पुराएको र अस्पतालको विकासमा समेत योगदान पुराएको भन्दै आज पृथ्वी चन्द्र अस्पताल विकास समितिकी अध्यक्ष लक्ष्मी क्षत्रिले सामुदायिक रेडियो परासीलाई सम्मान गर्नुभएको हो । आफनो दुई वर्ष कार्यकाल सकिए पछि आज धन्यवाद तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष क्षत्रीले सो सम्मान

read more

कृषि सहकारी संघ द्धारा भुमहीमा वित्तिय साक्षरता तालिम सुरु ।

Added: Monday 16th of January

मोहन पौडेल /रेडियो परासी, ३ माघ ।सहकारीमा वित्तिय साक्षरता तथा लेखा व्यवस्थापन सम्बन्धि तिन दिने तालिम आज बाट नवलपरासीको भुमहीमा सुरु भएको छ । साना किसान सहकारीहरुको छाता संगठन जिल्ला कृषि सहकारी संघ नवलपरासीको आयोजना तथा डिभिजन सहकारी कार्यालयको सहयोगमा भएको सो तालिममा जिल्लाका विभिन्न २७ वटा कृषि सहकारीका व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

read more

सवारी दुर्घटनामा एक जनाको मृत्यु ।

Added: Saturday 14th of January

रेडियो परासी, माघ १ । नवलपरासीमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिकाको लोकाहा पुल नजिकै गएराति साढे ९ बजे एम्बुलेन्स र मोटरसाईल ठक्कर खाँदा सो दुर्घटना भएको हो । पश्चिमबाट पुर्व तर्फ जादैँ गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउदैँ गरेको बा ७३ प ६६५९ नम्बरको मोटरसाईकल ठक्कर खाएको हो । दुर्घटनामा परि मोटरसाईकल चालक कावासोती ८ वस्ने वर्ष ३० का सुरेश श्रेष्ठको उपचारको क्रममा भरतपुरमा आज विहान मृत्यु भएको छ भने उनकी श्रीमती वर्ष २८ की विनिता श्रेष्ठको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

read more

माघे संक्रान्तिको तीनदिने मेला रूरू क्ष्ँेत्रमा सुरू

Added: Saturday 14th of January

रेडियो परासी, माघ १ । माघे संक्रान्तिका अवसर पारेर पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रमा आजदेखि रिडी मेला सुरू भएको छ । रिडी (रूरू) क्षेत्रमा नुहाएमा पुण्य प्राप्त गरिने विश्वासले आज बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घु“इचो लागेको छ । नेपालको चार धाममध्यकोे एक रूरू क्ष्ँोत्र मुलुकका विभिन्न स्थानसहित भारतबाट आएका भक्तजनहरूको चहलपहल बढाएको छ । माघे सङ्क्रान्तिमा रूरू क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक जनविस्वास रहदैं आएको छ । त्यहाँ पुगेका भक्तजनहरूले कालीगण्डकीमा नुहाएर, पाल्पाको अर्गली क्ष्ँोत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने परम्परा छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई यहा“ प्रतिष्थापन गरेको भन्ने किंवदन्ती रहेको छ ।

read more

जहदाको २० औँ गाँउ परिषद सम्पन्न ।

Added: Wednesday 11th of January

रेडियो परासी, पुस २७ । नवलपरासीको जहदा गाँउ बिकास समितिको २० औँ गाँउ परिषद आज सम्पन्न भएको छ । जेष्ठ नागरिक टिकाराम पौडेलको प्रमुख आतिथ्य तथा गाविस सचिव गणेश कुमार पौडेलको अध्यक्षतामा सम्पन्न गाँउ परिषदवाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु २ करोड ३३ लाख ३५ हजार बराबरको निति तथा कार्यक्रमहरु सार्वजनिक भएको छ । जस अन्तर्गत चालु खर्च तर्फ १४ लाख ३५ हजार , पुजिँगत तर्फ ९९ लाख र सामाजिक सुरक्षा तर्फ रु १ करोड २० लाख लगायतक कार्यक्रमहरु सार्वजनिक गरिएको गाविस सचिव गणेश कुमार पौडेलले जानकारी दिनुभयो । सो अवसरमा माओबादी केन्द्रका जितबहादुर कोहांर , मधेसी जनअधिकार फोरमका रमेश यादव, खेलकुत तथा सांस्कृतिक सञ्जाल जहदाका अध्यक्ष डिबी थापा , सब ईन्जीनियर भिमदेव भट्टराई , कृष्णा गौतम , कृष्ण पौडेल लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

read more