स्थानीय समाचार

पृथ्वीचन्द्र अस्पताल द्धारा सामुदायिक रेडियो परासीलाई सम्मान ।

Added: Monday 16th of January

परासी, ३ माघ । अस्पतालको विकासमा सहयोग पुराएको भन्दै जिल्ला पृथ्वी चन्द्र अस्पताल विकास समितिले सामुदायिक रेडियो परासीलाई सम्मान गरेको छ । अस्पतालको अध्यक्ष रहँदा आफनो दुई वर्षको कार्यकालमा अस्पतालका गतिविधिलाई नागरिक सम्म पुराएको र अस्पतालको विकासमा समेत योगदान पुराएको भन्दै आज पृथ्वी चन्द्र अस्पताल विकास समितिकी अध्यक्ष लक्ष्मी क्षत्रिले सामुदायिक रेडियो परासीलाई सम्मान गर्नुभएको हो । आफनो दुई वर्ष कार्यकाल सकिए पछि आज धन्यवाद तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष क्षत्रीले सो सम्मान

read more

कृषि सहकारी संघ द्धारा भुमहीमा वित्तिय साक्षरता तालिम सुरु ।

Added: Monday 16th of January

मोहन पौडेल /रेडियो परासी, ३ माघ ।सहकारीमा वित्तिय साक्षरता तथा लेखा व्यवस्थापन सम्बन्धि तिन दिने तालिम आज बाट नवलपरासीको भुमहीमा सुरु भएको छ । साना किसान सहकारीहरुको छाता संगठन जिल्ला कृषि सहकारी संघ नवलपरासीको आयोजना तथा डिभिजन सहकारी कार्यालयको सहयोगमा भएको सो तालिममा जिल्लाका विभिन्न २७ वटा कृषि सहकारीका व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

read more

सवारी दुर्घटनामा एक जनाको मृत्यु ।

Added: Saturday 14th of January

रेडियो परासी, माघ १ । नवलपरासीमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिकाको लोकाहा पुल नजिकै गएराति साढे ९ बजे एम्बुलेन्स र मोटरसाईल ठक्कर खाँदा सो दुर्घटना भएको हो । पश्चिमबाट पुर्व तर्फ जादैँ गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउदैँ गरेको बा ७३ प ६६५९ नम्बरको मोटरसाईकल ठक्कर खाएको हो । दुर्घटनामा परि मोटरसाईकल चालक कावासोती ८ वस्ने वर्ष ३० का सुरेश श्रेष्ठको उपचारको क्रममा भरतपुरमा आज विहान मृत्यु भएको छ भने उनकी श्रीमती वर्ष २८ की विनिता श्रेष्ठको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

read more

माघे संक्रान्तिको तीनदिने मेला रूरू क्ष्ँेत्रमा सुरू

Added: Saturday 14th of January

रेडियो परासी, माघ १ । माघे संक्रान्तिका अवसर पारेर पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रमा आजदेखि रिडी मेला सुरू भएको छ । रिडी (रूरू) क्षेत्रमा नुहाएमा पुण्य प्राप्त गरिने विश्वासले आज बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घु“इचो लागेको छ । नेपालको चार धाममध्यकोे एक रूरू क्ष्ँोत्र मुलुकका विभिन्न स्थानसहित भारतबाट आएका भक्तजनहरूको चहलपहल बढाएको छ । माघे सङ्क्रान्तिमा रूरू क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक जनविस्वास रहदैं आएको छ । त्यहाँ पुगेका भक्तजनहरूले कालीगण्डकीमा नुहाएर, पाल्पाको अर्गली क्ष्ँोत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने परम्परा छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई यहा“ प्रतिष्थापन गरेको भन्ने किंवदन्ती रहेको छ ।

read more

जहदाको २० औँ गाँउ परिषद सम्पन्न ।

Added: Wednesday 11th of January

रेडियो परासी, पुस २७ । नवलपरासीको जहदा गाँउ बिकास समितिको २० औँ गाँउ परिषद आज सम्पन्न भएको छ । जेष्ठ नागरिक टिकाराम पौडेलको प्रमुख आतिथ्य तथा गाविस सचिव गणेश कुमार पौडेलको अध्यक्षतामा सम्पन्न गाँउ परिषदवाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु २ करोड ३३ लाख ३५ हजार बराबरको निति तथा कार्यक्रमहरु सार्वजनिक भएको छ । जस अन्तर्गत चालु खर्च तर्फ १४ लाख ३५ हजार , पुजिँगत तर्फ ९९ लाख र सामाजिक सुरक्षा तर्फ रु १ करोड २० लाख लगायतक कार्यक्रमहरु सार्वजनिक गरिएको गाविस सचिव गणेश कुमार पौडेलले जानकारी दिनुभयो । सो अवसरमा माओबादी केन्द्रका जितबहादुर कोहांर , मधेसी जनअधिकार फोरमका रमेश यादव, खेलकुत तथा सांस्कृतिक सञ्जाल जहदाका अध्यक्ष डिबी थापा , सब ईन्जीनियर भिमदेव भट्टराई , कृष्णा गौतम , कृष्ण पौडेल लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

read more

सोमनीको २१ औ गाउँ परिषद सम्पन्न ।

Added: Wednesday 11th of January

नन्दु यादव/ रेडियो परासी, पुस २७ । नवलपरासीको गा.बि.स. सोमनी को २१ औ गाउ परिषद सम्पन्न भएको छ। परिषदले अगामी आर्थिक बर्ष २०७४÷७५ का लागि कुल १ करोड ५५ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य , सडक, खानेपानी , महिला, युवा, बालबालिका लगायतका क्षेत्रमा प्रस्ताबित योजना पारित गरिएको गा.बि.स. सचिव प्रशुराम यादव ले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न राजनैतिकदलका प्रतिनिधि,सघसस्थाको प्रतिनिधि,महिला समूह ,युवा,बालबालिका पत्रकारलगायत का प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली काग्रेसका रिसिदेव पटेल, रबिस यादव,भानुप्रसाद चौधरी, पन्चम हरिजन,श्रिनेवास यादव, पत्रकार नन्दु यादव लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजकर्ता सुरेन्द्र हरिजनले सहजीकरण गर्नुभएको थियो ।

read more

माइती नेपालद्वारा एक बर्षमा १३६ को उद्धार

Added: Wednesday 11th of January

चितवन, पुस २७ । जोखिममा परेका र बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ ।माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना चेलीको उद्धार गरिएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो । तीमध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एकसय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो भने ३४ जना जोखिममा परेकालाई उद्धार गरिएको हो । केहीलाई भारतबाट समेत फर्काउन सफल भएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिनुभयो ।

read more

संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा गुल्मी बन्द

Added: Wednesday 11th of January

रेडियो परासी, पुस २७ ।सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा बुधवार गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गाडी चलेका छैनन् । बजार तथा कलकारखाना समेत ठप्प छ । आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन प्रस्ताव राष्ट्रघाती रहेको आरोप लगाउँदै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

read more

भारतीय एसएसबीको अवरोधले त्रिवेणी(सुस्ता पुल निर्माणमा समस्या

Added: Monday 9th of January

रेडियो परासी, २५ पुस । नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृह मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराइसकेको छ निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी, वालुवा, सिमेन्ट, अन्य उपकरण मिल्काइदिने, कामदारलाई धम्की दिने, निर्माण सामग्री तथा कच्चापदार्थ ओसारपसारमा भारतीय भूमि प्रयोग गर्न नदिने लगायतका समस्या एसएसबीबाट नेपाली पक्षले झेल्दै आएका छन् ।

read more

नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तेस्रो वर्षमा ।

Added: Monday 9th of January

मोहम्मद ईजहार शेष/रेडियो परासी, २५ पुस । नवलपरासीको जहदा स्थित जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र आजबाट तेस्रो बर्षमा प्रवेश गरेको छ । गाविस सचिव गणेश कुमार पौडेलको प्रमुख आतिथ्य तथा पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुरज केशीको अध्यक्षतामा आईतबार एक कार्यक्रम गरि स्थापना दिवस तथा पुस्तकालयको समिक्षा गरिएको छ । वि.स २०७१ साल पौष २४ गते स्थापना भएको उक्त पुस्तकालयमा पुस्तकालय ,ई लाईब्रेरी , बालबालिकाहरुका लागि खेलकुद , दृष्य एंव श्रब्य माध्यमबाट अध्ययन लगायतका ब्यवस्थाहरु रहेको छ । कार्यक्रममा पुस्तकालय ब्यवस्थापन समितिका उपाध्यक्ष जितबहादुर कोहांर , सदस्य मुर्ली कृष्ण खनाल , पुस्तकालय ब्यवस्थापन समिति अन्र्गतका युवा समिति संयोजक सुधिर ज्ञवाली , सामुदायिक रेडियो परासीका प्राविधिक प्रमुख एवं पुस्तकालयका आई सि टि उपसंयोजक बसन्त पौडेल , दिगो परियोजनाकी सदस्य मेनुका आचार्य , मदन पुन् , श्याम घिमिरे लगायतले पुस्तकालयको पँहुचमा गाविस भरिका मानिषहरुलाई ल्याउनका लागि विभिन्न कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

read more