स्थानीय समाचार

फोरम नेपाल नवलपरासीको अध्यक्षमा धरेन्द्र यादव ।

Added: Sunday 12th of February

मोहन पौडेल/ रेडियो परासी, फागुन १ । संघिय समाजवादी फोरम नेपाल नवलपरासीको अध्यक्षमा धरेन्द्र यादव चयन हुनुभएको छ । फोरम नेपालको परासीमा सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनबाट धरेन्द्र यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ जिल्ला कार्य समिति चयन भएको सो पार्टीले जनाएको छ । अधिवेशनले ६१ सदस्यीय जिल्ला कार्य समिति रहने निर्णय गरेपनि हाल अधिवेशनबाट ५२ सदस्यीय कार्य समिति चयन गरिएको छ भने अ

read more

अनेरास्ववियुले मात्रै विद्यार्थीको हितमा काम गर्छ - अध्यक्ष घिमिरे ।

Added: Tuesday 7th of February

रेडियो परासी, २५ माघ । अनेरास्ववियु नवलपरासीका अध्यक्ष शुसान्त शर्मा घिमिरेले विद्यार्थीको हितका लागि संघर्षरत एकमात्र विद्यार्थी संगठन अनेरास्ववियु मात्रै रहेको दावि गर्नुभएको छ । अनेरास्ववियुले नै नेतृत्व गरेर गरेका आन्दोलनका कारण आज नेपाली विद्यार्थीले यातायातमा सहुलियत पाउनुका साथै गरिव, जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्तिको व्यवस्था तथा हालै पढाईका आधारमा प्रमाणपत्र धितो राखेर स्वरोजगारका लागि ऋण दिने व्यवस्था समेत अनेरास्ववियुको नेतृत्वमा भएको अध्यक्ष घिमिरेले बताउनुभयो । त्रिभुवन क्याम्पस बेलाटारीमा भएको विद्यार्थी भेला तथा अनेरास्ववियु क्याम्पस कमिटिको अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सो अधिवेशनले त्रिभुवन क्याम्पस बेलाटारीमा १७ सदस्सीय क्याम्पस ईकाई कमिटि गठन गरेको छ । अखिलका जिल्ल सदस्य ईश्वर उपाध्यायको विशेष आतिथ्य तथा विद्यार्थि ज्ञान प्रसाद पाठकको अध्यक्षतामा भएको भेलाले पवन भट्टराईको अध्यक्षतामा ईकाई समिति गठन गरेको हो । ईकाई समितिको सचिवमा कमल ढकाल , सहसचिवहरुमा रोहित चौधरी , आरती ढकाल र अवधेष कोहांर र कोषाध्यक्षमा तुलशी डुम्ब्रे चयन हुनु भएको जिल्ला अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

read more

रामनगर जेसिज भुमहीमा पद हस्तान्तरण ।

Added: Sunday 29th of January

मोहन पौडेल/रेडियो परासी, १६ माघ । पुर्व गृह राज्य मन्त्री एवँ नेपाली काग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले सकरात्मक सोचका साथ युवाहरु मुुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । नवलपरासीको रामनगर भुमही स्थीत युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल रामनगर जेसिजको तेस्रो पदस्थापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेता कण्डेलले जेसिसले युवाहरुमा सकरात्मक सोचको विकास गराउदैँ नेतृत्व जन्माइरहेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले जेसीज अभियान भित्र राजनिति नगर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा रामनगर जेसिजका वर्ष २०१६ का अध्यक्ष बलराम चापागाईले वर्ष २०१७ का लागि निर्वाचित अध्यक्ष ढुण्डिराज भटराईलाई पदहस्तान्तरण गर्नुभएको छ। रामनगर जेसिसको अधिवेशनले भटराईको अध्यक्षतामा वर्ष २०१७ का लागि नयाँ कार्य समिति चयन गरेको थियो ।

read more

रामनगर जेसिज भुमहीमा पद हस्तान्तरण ।

Added: Sunday 29th of January

मोहन पौडेल/रेडियो परासी, १६ माघ । पुर्व गृह राज्य मन्त्री एवँ नेपाली काग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले सकरात्मक सोचका साथ युवाहरु मुुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । नवलपरासीको रामनगर भुमही स्थीत युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल रामनगर जेसिजको तेस्रो पदस्थापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेता कण्डेलले जेसिसले युवाहरुमा सकरात्मक सोचको विकास गराउदैँ नेतृत्व जन्माइरहेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले जेसीज अभियान भित्र राजनिति नगर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा रामनगर जेसिजका वर्ष २०१६ का अध्यक्ष बलराम चापागाईले वर्ष २०१७ का लागि निर्वाचित अध्यक्ष ढुण्डिराज भटराईलाई पदहस्तान्तरण गर्नुभएको छ। रामनगर जेसिसको अधिवेशनले भटराईको अध्यक्षतामा वर्ष २०१७ का लागि नयाँ कार्य समिति चयन गरेको थियो ।

read more

स्ववियु निर्वाचनलाई लक्षित गर्दै नवलपरासी अखिल द्धारा अगुवा विद्यार्थी प्रशिक्षण ।

Added: Sunday 29th of January

मोहन पौडेल/रेडियो परासी, १६ माघ । आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै अनेरास्ववियु नवलपरासीले संगठनमा आवद्ध जिल्लाका अगुवा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । सदरमुकाम परासीमा दुई दिन सम्म स्ववियु निर्वाचन, अनेरास्ववियुको भुमिका, जवजको सिद्धान्त लगायतका विषयमा रहेर विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको अनेरास्ववियु नवलपरासीले जनाएको छ ।

read more

त्रिवेणीमा आँखा उपचार केन्द्र स्थापना ।

Added: Thursday 26th of January

रेडियो परासी, १३ माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीले नवलपरासीको त्रिवेणीमा आँखा उपचार केन्द्र स्थापना गरेको छ । अस्पतालको आयोजनामा बुधकार त्रिवेणिमा एक कार्यक्रम गरि उपचार केन्द्रको उद्घाटन पनि गरिएको छ । त्रिवेणि आँखा उपचार केन्द्रको नेपाली कांंग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभएको हो ।

read more

गण्डक नदी नियन्त्रणमा भईरहेको काम गुणस्तरहीन, प्रसासन मौन ।

Added: Tuesday 24th of January

श्याम थापा/रेडियो परासी, ११ माघ । नवलपरासी स्थीत गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको बताइएको छ । पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही गाबिसको ठोकर न.१६ मा महिना दिन देखी सो कार्य भैरहेको तर सो कामको नत भारत पक्षबाट नत नेपाल पक्ष बाट अनुगमन भएको स्थानियहरुले गुनासो गरेका छन । नदि नियन्त्रणका लागि भारतीय पक्षले गण्डक सम्झौता अनुरुप कार्य गर्नुपर्नेमा ,कति लगानी र के के गर्ने हो त्यसको बारे मा नेपाली पक्षलाई कुनै जानकारी नदिने गरेको गण्डक नदि नियन्त्रण सर्घष समितीका उपाध्यक्ष कृष्ण बाहादुर थापाले बताउनु भयो ।

read more

स्ववियु निर्वाचनमा फेरि पनि अखिल पहिलो हुन्छ ः नवलपरासी अध्यक्ष घिमिरे ।

Added: Tuesday 24th of January

मोहन पौडेल/रेडियो परासी, ११ माघ । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन नवलपरासीका अध्यक्ष शुसान्त शर्मा घिमिरेले स्ववियु निर्वाचनमा अनेरास्ववियुको जित हुने गरि लाग्न विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ । दिब्य ज्योती बहुमुखि कयाम्पस चिसापानीमा भएको आसन्न स्ववीयु निवार्चनको बारेमा बृहत क्षलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला अध्यक्ष घिमिरेले अनेरास्ववियु जहिले पनि स्ववियु निर्वाचनमा पहिलो हुदैँ आएको र यस पटक पनि त्यसलाई निरन्तरता दिन सवै विद्यार्थी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अनेरास्ववीयु

read more

कपिलवस्तुमा गोलीसहितको बन्दुक बरामद

Added: Tuesday 24th of January

कपिवलवस्तु, ११ माघ । कपिलवस्तुको शिवराज नगरपालिका रहटकोलमा चार थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने सात वटा गेली बरामद भएको छ । शिवपुर इलाका वन कार्यालयको वनरक्षकको टोलीले गोलीसहितको बन्दुक बरामद गरेको हो । सहायक वन अधिकृत रघुनाथ दासको नेतृत्व गएको वन रक्षकको टोलीले जन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएको बन्दुक बरामद गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख तथा उपसचिव मेघनाथ पाध्ययले बताए । गस्ती टोलीलाई देखेपछि वन तस्कारहरुले बन्दुक झाडीमा लुकाएर भागेका थिए ।गत जेठ १९ गते वन तस्कारीले चलाएको गोली लागेर कपिलवस्तु साझेदारी वनका वन संरक्षक जगन्नाथ थारु घाइते भएका थिए ।

read more

स्थानीय निकाय कर्मचारी संघ नवलपरासीमा नयाँ नेतृत्व ।

Added: Thursday 19th of January

मोहन पौडेल/रेडियो परासी, माघ ६ । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीको अध्यक्षमा यमकुमारी सुवेदी चयन हुनुभएको छ । संघको परासीमा भएको दोस्रो जिल्ला अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । गाविस, नगरपालिका तथा जिविसमा कार्यरत कर्मचारीहरुको संगठन स्थानीय निकाय कर्मचारी संघको नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा सन्जयकुमार शर्मा, सचिवमा टंकनाथ कुंवर, कोषाध्यक्षमा ललितनारायण चौधरी, सहसचिवमा मन्जु अर्याल, तथा सदस्यहरुमा विरेन्द्र चौधरी, लिला चौधरी, सृजना अर्याल, शम्भु शाहनी, विष्णु गिरी, पदम केसी रहनुभएको छ । यसअघि अधिवेशन उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले संघिय संरचनामा स्थानीय निकायका कर्मचारीलाई पनि निजामती कर्मचारी सरह व्यवस्थापन गरिनुपर्ने माग गरेका छन । प्रमुख अतिथिको रुपमा बोल्दै स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद सापकोटाले अहिले सरकारले स्थानीय निकायका कर्मचारीलाई व्यवस्थापन गर्ने काममा विभेद गरेकोले सवै कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।संघका निवर्तमान जिल्ला अध्यक्ष पुरुषोत्तम ढकालले संक्रमणकालिन अवस्थामा संघको केन्द्रीय महाधिवेशन पनि हुन लागेको यस विषयमा महाधिवेशनमा शस

read more