स्थानीय समाचार

परासीमा भेटिएको बम विस्पोज

Added: Wednesday 17th of May

रेडियो परासी, ३ जेठ । सदरमुकाम परासीमा भेटिएको बम डिस्पोज गरिएको छ । परासी स्थीत निर्माण व्यवसायी संघको गेटमा आज विहान प्रेसर कुकर बम फेला परेको थियो । बम कत्ति बेला त्यहाँ राखिएको भन्ने एकिन भएको छैन । विहान साढे पाँच बजे स्थानीयले खवर गरेका थिए । विहान ८ बजे बज्रदल गण परासीका उपसेनानीको कमाण्डमा खटिएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

read more

भरतपुर महानगरपालिकाको मतगणना अझै अनिश्चित

Added: Monday 15th of May

चितवन जेष्ठ १, २०७४- सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन् । विहान दस बजेदेखि बसेको सर्वदलिय बैठक साढे दुई घन्टा भन्दा धेरै चलेको थियो ।

read more

अग्रहरी युवा मञ्च नवलपरासीको अधिवेशन सम्पन्न ।

Added: Thursday 30th of March

रेडियो परासी, १७ चैत्र । अग्रहरी युवा मञ्च नवलपरासीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । परासीमा भएको अधिवेशनले राधेश्याम अग्रहरीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा हेमन्त अग्रहरी, उपाध्यक्षमा धर्मेन्द्र अग्रहरी र अन्नु अग्रहरी,सचिवमा मिथिलेश अग्रहरी,कोषाध्यक्षमा सन्दिप अग्रहरी तथा सह सचिवमा अनिल अग्रहरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अर्बिन्द अग्रहरी, गोबिन्द अग्रहरी, रमेश अग्रहरी, सुरेन्द्र अग्रहरी, कृष्णलाल अग्रहरी, राकेश अग्रहरी लगायत रहनुभएको छ । हरिराम अग्रहरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राजेन्द्र अग्रहरी, विरेन्द्र अग्रहरी, विजय अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

read more

उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु

Added: Monday 27th of March

रेडियो परासी, १४ चैत्र । नवलपरासीमा उखु खेती गर्दै आएका किसानहरु पछिल्लो समय बैकल्पीक खेतीको रुपमा केरा खेती तर्फ आकर्षीत हुने क्रम बढेको छ । उखु खेतीबाट हैरान परेका किसानहरु पछिल्लो पटक व्यवसायीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत बनेका हुन् । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिदा पनि बर्षोसम्म भुक्तानी पाउन नसक्ने , समयमा रकम भुक्तानी पाउन नसक्ने जस्ता समस्याबाट ग्रार्षीत किसानहरु उखुको वैकल्पीक रुपमा अन्य कृर्षी खेती तर्फ आकर्षीत बनेका छन् । बर्षोदेखी उखु खेतीबाट वाक्क दिक्क बनेका किसानहरु पछिल्लो समय केरा खेती गरी केरा खेतीबाट मनग्य आम्दानी लिन थालेपछि किसानहर सन्तुष्ट बनेको केरा उत्पादक संघ नवलपरासीका सचिब लख्खु यादवको भनाई छ । आजभन्दा ३ बर्ष अघि मेड नेपाल चितवनले नवलपरासीको उखु खेती गर्ने पकेट क्षेत्र मानिने जिल्लाको ग्रामीण क्षेत्रमा उखुको विकल्पमा केरा खेतीगर्न सकिन्छ भने कार्यक्रम लागू गरेको थियो । सो कार्यक्रम लागू भएपश्चात यतिबेला नवलपरासीको ग्रामीण क्षेत्र जुन उखु खेती गरिन्थ्यो पछिल्लो समय उखु वालीको सट्टा किसानहरु केरा खेती गर्न अग्रसर देखाएका छन् ।

read more

सहकारी दिवसमा लुम्बिनि साकोसको रक्तदान कार्यक्रम ।

Added: Sunday 26th of March

मोहन पौडेल/सामुदायिक रेडियो परासी, १३ चैत्र । लुम्बिनि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा सहकारी शेयर सदस्य तथा स्थानीय गरि २१ जनाले रक्तदान गरेका छन ।

read more

नेपाल बार एशोसिएसन नवलपरासीको अध्यक्षमा सिग्देल ।

Added: Sunday 26th of March

सामुदायिक रेडियो परासी, १३ चैत्र । नेपाल बार एशोसिएसन जिल्ला कार्य समिति नवलपरासीको अध्यक्षमा कृष्ण प्रसाद सिग्देल अत्याधिक मतका साथ बिजयी हुनु भएको छ । बारको जिल्ला कार्य समितिमा अध्यक्षका लागि आज भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार मधुराज पाण्डेलाई ३६ मतको अन्तरले सिग्देल बिजयि हुनु भएको हो । अध्यक्ष सिग्देलले ४२ मत प्राप्त गर्नु भएको छ भने पाण्डेले मात्र ६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत अर्जुन प्रसाद कोईरालाले रेडियो परासीलाई जानकारी दिनुभयो । यस्तै अन्य पदका पदाधिकारी , सदस्य र केन्द्रिय पार्षदहरु निर्विरोध निर्वाचित भएका छन् ।

read more

गैँडाकोटमा आगलागि ।

Added: Sunday 26th of March

सामुदायिक रेडियो परासी, १३ चैत्र । नवलपरासीको गैँडाकोट नगरपालिका १ स्थीत होमनाथ शर्माको गोठमा आगलागि भएको छ । आगोलागिमा परि गोठमा रहेका दुई वटा गाई जलेर मरेका छन भने नजिकै रहेको परालको टौवा पनि जलेर नष्ट भएको छ । राती साढे ११ बजे आगो लागे पनि कसरि लाग्यो भनेर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

read more

महिला पत्रकार गरे, पत्रकार महासंघका नवनिर्वाचित समितिलाई सम्मान ।

Added: Thursday 23rd of March

परासी, १० चैत्र । क्रियाशिल पत्रकार महिला नवलपरासीको आयोजनामा नेपाल पत्रकार महासंघ नवलपरासीका नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सम्मान कार्यक्रम कावासोतीमा भएको छ । सम्मान ग्रहणपछि बोल्दै नव निर्वाचित अध्यक्ष होमराज रानाभाटले पत्रकार महासंघ नवलपरासीलाई शुद्धिकरण गर्दै श्रमजिवी पत्रकारहरुको हक अधिकारका लागि नया नेतृत्वले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले महिला पत्रकारको संख्यात्मक तथा गुणात्मक वृद्धिका लागि समेत पहल गर्ने र नवलपरासीमा महिला विभागको थालनी गरिने समेत बताउनुभयो । कार्यक्रम क्रियाशिल पत्रकार महिला न

read more

निर्वाचन आयोगको निर्णय विरुद्ध नवलपरासीमा विरोध र्याली, राप्रपाले निर्बाचन कार्यालयलाई बुझायो माग पत्र ।।

Added: Tuesday 21st of March

सरु शर्मा परासी चैत्र ८ । विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीले सोमबार सदरमुकाम परासीमा विरोध ¥याली प्रदर्शन गरेको छ ।

read more