स्थानीय समाचार

प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा राजकुमार शर्मा र उपाध्यक्षमा अन्जुकुमारी चौधरी विजयी

Added: Friday 30th of June

प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा राजकुमार शर्मा र उपाध्यक्षमा अन्जुकुमारी चौधरी विजयी

read more

सुस्ता गाउँपालिकामा एमाले विजयी

Added: Friday 30th of June

मोहन पौडेल परासी, १६ असार । नवलपरासीमा नेकपा एमालेले गाउँपालिका प्रमुखमा सुस्ताबाट खाता खोलेको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हस्मुदिन शेषलाई पाँच सय ५९ मतको अन्तरले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डे अध्यक्ष पदमा विजयी हुनुभएको छ । पाण्डेले ३५११ मत पाउनुभएको छ । उहाँका प्रतिद्धन्द्धी काग्रेसका शेषले २९५२ मत ल्याउनुभएको थियो । यस्तै उपाध्यक्षमा पनि एमाले वि

read more

रामग्राम नगरपालिका वडा नं. १ मा राप्रपा विजयी । एक वडा सदस्य बाहेक सवै प्यानल राप्रपा । एक वडा सदस्य काग्रेसको जित

Added: Thursday 29th of June

रामग्राम नगरपालिका वडा नं. १ मा राप्रपा विजयी । एक वडा सदस्य बाहेक सवै प्यानल राप्रपा । एक वडा सदस्य काग्रेसको जित

read more

नवलपरासीमा स्थानीय तह निर्वाचन तयारी पुरा

Added: Tuesday 27th of June

मोहन पौडेल/रेडियो परासी, १२ असार । दोस्रो चरणको स्थानीय निर्वाचन हुने नवलपरासीको पाँच नम्बर प्रदेशका सात वटा स्थानीय तहमा निर्वाचनको सम्पुर्ण तयारी करिव पुरा भएको छ । परासी क्षेत्रका रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा यही असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुदैँछ । सात स्थानीय तहका एक सय २० मतदान स्थल र २ सय ४० मतदान केन्द्र मार्फत असार १४ गते एक लाख ८३ हजार १३ जना मतदाताले मत खसाल्दैछन् । त्यसका लागि २ सय ४० मतदान अधिकृत, २ सय ४० सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरि जिल्लाका कुल एक हजार चार सय ३८ जना कर्मचारी खटिएका छन् । उनीहरु मतदान सामाग्री, मतपेटीका सहित आ–आपनो मतदान केन्द्रमा पुगेर मतदाता परिचय पत्र वितरण गरिरहेका छन् । सोमबार देखि मतदान केन्द्रको निमार्ण पनि सुरु भएको छ । जिल्लामा एक हजार सात सय ६१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । असार १४ गते हुने निर्वाचनबाट रामग्राम नगरपालिकामा ९२ जना, सुनवल नगरपालिका ६७ जना, बर्दघाट नगरपालिकामा ८२ जना, पाल्हीनन्दन गाउँपालिकामा ३७ जना, सरावल गाउँपालिकामा ३७ जना, प्रतापपुर गाउँपालिकामा ४७ जना, सुस्ता गाउँपालिकामा २७ जना प्रतिनिधि चयन हुनेछन् । प्रत्येक वडामा वडा अध्यक्ष एक जना, महिला सदस्य एक जना, दलित महिला सदसय एक जना तथा खुल्ला वडा सदस्य दुई जनाका दरले चुनिनेछन् भने प्रत्येक नगरपालिका वा गाउँपालिकामा प्रमुख र उपप्रमुख एक÷एक जनाको दरले चुनीने छन् । मुख्य निर्वाचन अधिकृत कैलाश केसीका अनुसार रामग्राम नगरपालिकामा ४ सय ६३ उम्मेवार, सुनवल नगरपालिकामा ३ सय २३, बर्दघाट नगरपालिकामा ३ सय ५३, पाल्हीनन्दन गाउँपालिकामा एक सय ४७ जना, सरावल गाउँपालिकामा एक सय ८७ जना, प्रतापपुर गाउँपालिकामा एक सय ५९ जना, सुस्ता गाउँपालिकामा एक सय २९ जना उम्मेदवार रहेका छन् । यस्तै रामग्राम नगरपालिकामा ३० हजार २ सय ५५, सुनवल नगरपालिकामा २० हजार ८ सय १९, बर्दघाट नगरपालिकामा ३७ हजार ९ सय ९९, पाल्हीनन्दन गाउँपालिकामा १८ हजार ९ सय ४७, सरावलमा ३२ हजार ३सय १५, प्रतापपुरमा २४ हजार एक सय २३, सुस्तामा १८ हजार ५ सय ५५ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

read more

चुनावसँगै किसानलाई धान रोप्न चटारो

Added: Tuesday 27th of June

मालती न्यौपाने/रेडियो परासी, १२ असार । नवलपरासीमा असार १४ गते हुने दोश्रो चरणको चुनावको लागि किसान पनि उत्साहित रहेका छन् । नेतालाई चुनाव लागे जस्तै अहिले नवलपरासीको परासी क्षेत्रका किसानलाई असारको चटारो लागेको छ । नवलपरासीको बर्दघाट ९ शिववस्तीका किसान रबिलाल कण्डेलको यस बर्षको रोपाइँ सकिएको छ । साविकको तिलकपुर भगडामा रहेको करिव डेढ बिगाह खेत २ दिन लगाएर रोपाइँ गरेका रबिलाल अहिले ढुक्क भएर निर्वाचनमा सहभागी हुने बताउनुहुन्छ । हुन पनि अहिले किसानलाई भ्याई नभ्याई छ एकातिर मानो रोपेर मुरी उब्जाउने असारेमास अनि अर्कोतिर झण्डै २० बर्ष पछि हुन लागेको स्थानीय चुनावको चटारो । पानीको बाटो कुर्नुपर्ने किसानलाई चुनावकै दिन पानी परेर पछुतो हुने हो की भन्ने पीर छ त्यसलै पनि नजिकमा खोला भएका अथवा कुलो तथा सिंचाईको सुबिधा भएका किसानले चुनाव सम्म रोपाई सक्ने मेसो अपनाएका छन् । नवलपरासीको बर्दघाटकै अर्का किसान रेशम थापाले खोलाबाट पानी तानेर आफ्नो रोपाई सक्नुभयो ।। बिगतका बर्षमा असार १५ पछि रोपाईँ सुरु गर्ने उहाँले चुनावमा सहभागि हुनकै लागि पानी तानेर भए पनि रोपाईं सकेको बताउनुभयो । रबिलाल र रेशमलाई जस्तै असारे चटारो छ नवलपरासीको रामग्रामका किसान भगत चौधरीलाई पनि । पप्पुसेटबाट पानी लगाएर धमाधम रो

read more

नवलपरासीमा चार जना विप्लव कार्यकर्ता पक्राउ ।

Added: Tuesday 27th of June

रेडियो परासी, १३ असार । नवलपरासीको सुनवलमा आइतबार मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुनवल नगरपालिकाका विभिन्न राजनीतिक दलले निकालेको चुनावी जुलसमा नेकपा माओवादी केन्द्रको ¥यालीलाई लक्षित गरी आइतबार दिउसो सोमनाथ पुलमा बम विष्फोट गराइएको थियो । प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ । विष्फोटमा ६ जना घाइते भएका थिए । घाइते मध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गंभीर रहेकाले उपचारका लागि काठमाण्डौं पठाइएको छ । अर्की गंभीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विष्फोट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ग

read more

सुनवल उत्कृष्ट र सुविधा सम्पन्न स्मार्ट सिटी बनाउँछु - विमला अर्याल

Added: Tuesday 20th of June

नवलपरासीको पहिलो बालमैत्री नगरको रुपमा परिचित सुनवल नगरपालिकाको मेयर पदमा नेकपा एमालेले महिलालाई अवसर दिएको छ । नेकपा एमालेको जिल्ला कमिटिमा लामो समय देखि जिम्मेवारी बहन गर्दै विभिन्न सामाजिक संघ संस्थाको समेत नेतृत्व गर्दै कुशल महिला नेतृ तथा समाजसेविको रुपमा परिचति विमला अर्याललाई एमालेले सुनवल नगरमा मेयर पदमा उठाएको छ । मेयर पदमा उम्मेदवारी गरेकी अर्यालसँग सामुदायिक रेडियो परासीले गरेको कुराकानि

read more

देख्न, सुन्न र बस्न लायक बर्दघाट नगर बनाउँछु ः एमाले मेयर उम्मेदवार धिरज शर्मा

Added: Tuesday 20th of June

करिव २० वर्ष पछि हुन गइरहेको स्थानिय तहको दोश्रो चरणको चुनावी रौनकले बर्दघाट नगरपालिकालाई पनि छोएको छ । नेकपा एमालेको तर्फदेखी बर्दघाट नगरपालिकाको मेयर पदको लागि युवा नेता धिरज शर्माले उम्मेदवारी मनोनयनन गरेका छन् । लामो समय देखी नेकपा एमाले जिल्ला कमिटी, र स्थानिय स्तरमा लोकप्रिय युवा नेताको रुपमा आफूलाई परिचित गराएका शर्मा सामाजिक कार्यमार्फत पनि जनतामाझ आफूलाई स्थापित गराएका नेताको रुपमा परिचित छन् । शिक्षा क्षेत्र हुँदै सामाजिक सँस्थाहरुबाट शर्माले आफूलाई बौद्धिक सामाजिक ब्यक्तिको रुपमा आफूलाई स्थापित गराएका छन् । मानविय सेवामा समर्पित साथसाथै कुशल ब्यवस्थापकिय क्षमता भएका शर्मा स्थानिय तह निर्वाचनमा मेयर पदका प्रत्यासीको रुपमा उभिइरहँदा समग्र बर्दघाटको विकासका बारेमा सामुदायिक रेडियो परासीका लागि मोहन पौडेलले गरेको कुराकानीको केहि अंश

read more

सामुदायिक रेडियो परासी दश वर्षमा प्रवेश

Added: Wednesday 17th of May

मोहन पौडेल रेडियो परासी, ३ जेठ ।सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज आज देखि दश वर्षमा प्रवेश गरेको छ । सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियोको रुपमा २०६५ जेष्ठ ३ गते स्थापना भई रेडियो परासी प्रसारणमा रहेको हो । दैनिक विहान ५ बजे देखि राती ११ बजे सम्म रेडियो प्रसारण भईरहेको छ ।

read more