हाम्रो बारेमा

पृष्ठभुमि

नवलपरासी जिल्लाको सदरमुकाम परासीमा यस क्षेत्रको स्थानीय भाषा, साहित्य, कला, मनोरञ्जन तथा ग्रामीण परिवेशलाई समेटेर सूचना र सञ्चारको माध्यमबाट समुदायको दिर्घकालिन हितलाई आफ्नो लक्ष्य बनाई विकासमा हातेमालो गर्ने गरी २०६४ सालमा डिभिजन सहकारी कार्यालय परासीमा परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडलाई द.नं.२७५।०६४।०६५ दर्ता गरियो ।

२०६४ सालमा सामुदायिक रेडियो परासी ९० दशमलव २ मेगाहर्ज नामबाट सुचना तथा सञ्चार मन्त्रालयमा दर्ता नं. ३१४।०६४।०६५ मा दर्ता कार्य सम्पन्न भयो । २०६५ जेठ ३ गते बिहान ११ बजेदेखि यस क्षेत्रमा सामुदायिक रेडियो परासी ९० दशमलव २ मेगाहर्ज समावेशी आवाजको तरंगलाई परिक्षण प्रसारणको रुपमा हाम्रा श्रोता माझ पुर्याउने कार्य गरियो  र २०६५ साल कार्तिक १७ गते औपचारीक रुपमा समुद्धघाटन भयो ।

यो क्षेत्रको समग्र आर्थिक, सामाजिक, भौगोलीक, सांस्कृतीक विकास गर्न मौलिक रेडियोको रुपमा स्थापित गरी यस क्षेत्रका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, संस्कृतीका जनताहरुको आवाज बन्न र यिनै वर्ग र समुदायको पक्षमा कार्य गर्न हौसला पनि हामिलाई मिलेको छ ।

लक्ष्य 

शिक्षा, सूचना र मनोरञ्जनको विकासका माध्यमबाट समाजमा रहेका विकृति, विसंगति तथा अधिकारको दुरुपयोगको विरुद्ध कार्य गरी एक सबल र समृद्ध समाज हुदै नयाँ नेपाल निमार्ण गर्ने ।

उद्देश्य 

आम जनतामा निहित सूचनाको हकलाई व्यवहारमा लागु गर्ने ।

रेडियोको माध्यमबाट सत्य, तथ्य र सन्तुलित सूचना वैज्ञानीक एवम् चेतनामूलक शिक्षा र स्वस्थ मनोरञ्जन प्रदान गर्ने ।

मानव अधिकार, समाजिक न्याय, कानुनको सर्वाेच्चता स्थापित गर्ने कार्यमा अग्रसर रहने ।

बहुलवादि, समावेशी र जनउत्तरदायि समाज निमार्णमा रेडियोले उच्चस्तरको योगदान गर्ने ।

यस क्षेत्रका जातजाती, भाषाभाषी, धर्म, वर्ग, लिङ्ग∙, शिक्षा विहिन, दलित, अपाङ्ग, महिला, हिंसापिडित जनजाती, मधेशी, द्धन्द्धमा पिडितलाई सूचना र सञ्चारको माध्यमबाट समाजको मुलधारमा ल्याउन सहयोग पुर्याउने ।

समाजका छरिएर रहेको पुजिँलाई सहकारीको माध्यमबाट सूचना र सञ्चारको क्षेत्रमा लगानी गरी नागरिकलाई सुसुचित गर्ने ।

नयाँ नेपाल निमार्णको जनइच्छालाई परिपुर्ति गर्न यस रेडियोको माध्यमबाट कर्तव्य निर्वाह गर्ने ।

उद्योग, व्यापार र वाणिज्य क्षेत्रका आर्थिक क्रियाकलापको विकास र विस्तारमा पहल गर्ने ।

नवलपरासी जिल्लाको आर्थिक, साँस्कृतीक, भौगोलीक, राजनितिक हिसाबले यसको विकास र विस्तारमा जनता र सम्बन्धीत निकायका बीच पुलको कार्य गर्ने ।

पहुचँ क्षेत्र 

सामुदायिक रेडियो परासीको पहुचँ क्षेत्रको कुरा गर्दा (५००वाट) नवलपरासी, पाल्पा, अर्घाखाचि, गुल्मि, कपिलवस्तु, रुपन्देही, चितवन, तनहुँ तथा छिमेकी  राष्ट्र भारतको महाराजगंजमा साथै बेभसाइड  www.radioparasi.org मा विश्वको जुनसुकै कुनामा पनि बिहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घण्टा सामुदायिक रेडियो परासी ९० दशमलव २ मेगाहर्ज स्पष्ट सुन्न सकिन्छ ।